दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण

यस अघि नै कोरोना बिरुद्धको भ्याक्सिन लगाएका भारत दिल्ली गंगाराम अस्पतालका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन् ।

ती मध्य जनालाई अस्पतालमै भर्ना गरिएको बाँकी क्वारीन्टीनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा अहिले कोरोनाको नयाँ रफ्तार बढेको छ । पछिल्लो दिन २० घण्टामा एक लाख २६ हजार बढी संक्रमित बनेका छन् भने ६ सय बढीको एकै दिन मृत्यु भएको छ ।

पछिल्लो संक्रमणको आकंडाले कोरोना बिरुद्धको भ्याक्सिन पनि पूर्ण प्रभावकारी नरहेको पाईएको छ । भ्याक्सिन लगाएका मानिसमा पनि संक्रमण देखा परीरहेको देखिएको छ । एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।