इन्डोनेसियामा बाढीपहिरोः मृत्यु हुनेको संख्या ८७ पुग्यो

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।