म्यान्मारमा सैन्य दमनको स्थिति झनै खतरनाक बन्ने सम्भावना

एजेन्सी,
म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था झनै नराम्रो हुन सक्ने र नियन्त्रणबाहिरु जान सक्ने खतरा औँल्याएका छन्।सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक र घातक रुपमा बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रूय कर्कवूडले बताएका छन।उनका अनुसार म्यान्मारमा सैन्य कू यता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशत गोली प्रहारबाट मारिएका छन्।ती मध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालित गरिएको कर्कवूडले बताएका छन्।शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ।एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए।अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो।सैन्य कू यता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएको सेभ द चिल्ड्रेनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।