एमाले संसदीय दलको बोर्डमा नेपाल र खनाल पनि

५ चैत्र,काठमाण्डौ ।
बिहिबार नेकपा एमालेले संसदीय दलको २७ सदस्यीय बोर्ड गठन गरेको छ । बालुवाटारमा बसेको दलको बैठकले तीन जना पछि मनोनयन गर्ने गरी बोर्ड गठन गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए ।बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपाल सहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।
त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए । दलको अर्को बैठक चैत ७ गते बस्ने जनाईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।