४ चैत्र,काठमाण्डौ ।
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या गरेका छन् ।मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मिना तामाङको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । नेपालमा नुवाकोट घर भएकी तामाङ पाँच वर्षदेखि किराना पसल गर्दै आएकी थिइन् ।
बुधबार बिहान लुटेराहरुले पसल लुट्न खोजेका थिए । मोटरसाइकलमा आएका लुटेराहरुको प्रतिकार गर्दा तामाङमाथि गोली हानेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।







