फागुण २५ एजेन्सी । भारतको कोलकता स्थित पूर्व रेलवे कार्यलय रहेको एक ठूलो भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । अग्लो भवनको १७ औं तलामा आगो लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
मृत्यु हुनेमा चार जना अग्नी नियन्त्रक रहेका छन् । आगो नियन्त्रणमा आईसकेको जनाईएको छ ।








