अमेरिकामा २ सय ३१ यात्रु बोकेर उडेको विमान आगलागी

एजेन्सी
अमेरिकामा २ सय ३१ जना यात्रु बोकेर उडेको बिमानमा आगलागी भएको छ । अमेरिकाको डेनभरबाट ओनोलुलुकाका लागि उडेको बोइङ ७७७ विमानको इन्जिन बिग्रिँदा आगलागी भएको जनाइएकाे छ । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको हाे । विमानमा चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विमान कम्पनीले जनाएको छ । (अन्य स्रोत )

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।