एजेन्सी ।
प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । बुधबार साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइनसकेको जनाइएको छ ।
अष्ट्रेलियाको मौसम एजेन्सी व्यूरो अफ मेट्रोलोजीले भने भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनीसमेत दिएको छ ।







