नेपाललाई अनुदानमा चीनले पाँच लाख डोज कोरोना खोप दिने

२४ माघ,काठमाण्डौ ।
चीनले नेपाललाई पाँच लाख डोज कोरोना बिरुद्दको खोप अनुदानमा उपलव्ध गराउने भएको छ । शुक्रबार साँझ नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वागं यीबीच भएको टेलिफोन वार्ताको क्रममा चीनले उक्त घोषणा गरेको हो ।यस अघि चीनीया दुतावासले तीन लाख डोज कोरोनाको खोप अनुदान सहयोग दिने बताएको थियो ।दुई मन्त्रीबीच आपसि हितका बारेमा पनि कुराकानी भएको बताईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।