बेलायत माथिको उडान प्रतिबन्ध फुकुवा

१७ माघ,काठमाण्डौ ।
नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रु र उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बेलायतस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्तिमार्फत् नेपाल आउन चाहने यात्रुलाई शर्तसहित उडान अनुमति गर्न पाउने जनाएको छ । सरकारले बिहीबार तत्काल लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्बन्धी आदेश, २०७७’ पनि जारी गरेको थियो ।नेपालमा यात्रा गर्न प्रतिबन्ध हटाएपनि केही निश्चित शर्त पालना गर्नुपर्ने छ । सरकारले कोरोना महामारीको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि बेलायत लगायत मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।