चीनको सुनखानीम १० कामदार मृत भेटिए, ११ जनाको उद्धार

१३ माघ, एजेन्सी । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० जना कामदार मृत भेटिएका छन् । शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्तासम्म फसेका अन्य ११ कामदारलाई भने जीवितै उद्धार गरिएको छ । अन्य १ जना अझै हराईरहेको बताईएको छ ।सुनखानीमा फसेका ११ जनाखानी मजदुरलाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो । तर १० जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ ।जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो । सुरुङको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए । आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।