मलेसिया बाट एकदिनमा १९ शव नेपाल आयो

काठमाण्डौ ।
शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शव आईपुगेको छ । १९ जना मध्ये एक जनाको अस्तु आईपुगेको छ भने १८ वटा शब नेपाल आएको हो । यि सबै डिसेम्बर महिनामा मृत्यु भएकाको शब हो । मलेशियामा लाखौँ नेपाली कामको सिलसिलामा पुगेका छन् । ती शवलाई नेपाल एयरलाइन्सले बिहान त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ । बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो । अझ यो जनवरी महिनामा मृत्यु भएका १६ नेपालीको शब ल्याउन सकिएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।