करिब ३ महिना देखी हराएका अलिबाबाका ज्याक मिडियामा

एजेन्सी । गायव भएका भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन महिनौंपछि मिडियामा देखिएका छन् । गतवर्ष नोभेम्बरको सुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।
आफ्नो च्यारीटी फाउन्डेसनको एक अभियानका लागि भिडियो लिंकमार्फत ग्रामीण क्षेत्रका विद्यालयमा काम गरेका शिक्षकहरुसँग उनले कुराकानी गरेका छन् । अलिबाबा कम्पनी सुरु गर्नु अघि उनी अंग्रेजी शिक्षक थिए । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ज्याक मा को भिडियो पोस्ट गरेको छ । वित्तिय नियामक संस्थाहरूले अलिबाबा कम्पनीका विषयमा जाँच सुरु गरेपछि अलिबाबा मिडियामा देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार ज्याक माको भिडियो सार्वजनिक हुनेबित्तिकै हङकङ स्टक एक्स्चेन्जको सूचीमा रहेको उनको कम्पनीको सेयर मूल्य पाँच प्रतिशतसम्म बढेको छ । गतवर्ष अक्टोबरमा एन्ट ग्रुपको आईपीओ जारी गरेपछि उनले यो विश्वकै सबैभन्दा ठूलो आईपीओ भएको बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।