ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

वासिङ्टन, सिन्ह्वा । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्न दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै बिदा लिएको छैन, म सिनेटमै रहन्छु,” उनले ट्वीटरमा लेखेकी छन् । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी छन् । सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट बिदा नभएको उनले बताएकी हुन् । अमेरिकाको सिनेटमा अहिले डेमोकैटिक र रिपब्लीकन दुवै पक्षका ५०÷५० जना सदस्य रहेका छन् ।

ह्यारिस डेमोक्रेटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका छन् । ( Photo : Vice President-elect Kamala Harris speaks during an event at The Queen theater, Saturday, Jan. 16, 2021, in Wilmington, Del. (AP Photo/Matt Slocum)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।