७ पुष,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई निलम्बित गर्दै माधब कुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।
राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो ।
आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ । उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।






