अमेरिकी राष्ट्रपति जो वाइडेनले लगाए कोरोनाविरुद्धको खोप

६ पुष,एजेन्सी ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रहसमेत गरेका थिए । राष्ट्रपति वाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अपीलसमेत गरेका छन् । उनले अमेरिकाले कोरोनाविरुद्धको खोप पत्ता लगाउनुको जस वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत बताएको बीबीसीले जनाएको छ । अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो ।

यसअघि उपराष्ट्रपति माइक पेन्स, सभामुख नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाइसकेका छन् । हालसम्म ५ लाख भन्दा बढी अमेरिकी नागरिकलाई खोप लगाइएको बताइएको छ । यता राष्ट्रपति वनइडेनले आफ्नो कार्यकालको एक सय दिनमा १० करोड भन्दा बढीलाई कोराना विरुद्धको भ्याक्सिन लगाउने यसअघि नै घोषणा गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।