२ पुष,एजेन्सी ।
चीनले चन्द्रमामा पठाएको चाङ यी–५ नामक यान चन्द्रमाबाट ढुङ्गा माटोको नमूना बोकेर पृथ्वीमा फर्किएको छ । यान स्थानीय समय अनुसार गएराति साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो । अन्तरिक्ष यान २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्टेसनबाट चन्द्रमामा प्रक्षेपण गरिएको थियो । ४० वर्षपछि चन्द्रमाको सतहबाट ढुङ्गा माटो ल्याउने प्रयास सफल भएको
हो ।चाङ यी–५ ले करिब २ किलोग्राम ढुङ्गा माटोको नमूना बोकेर आएको बीबीसीले जनाएको छ। यसअघि रुसको लुना–२४ मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट करिब २ सय ग्राम माटो बोकेर फर्किएको थियो।







