१ पुस,एजेन्सी ।
कोरोना ब्यापक बढे पछि फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरीएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि सरकारले आग्रह गरेको छ । लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ ।
फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो । दैनिक संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि लकडाउन जारी गरेको समाचारमा जनाइएको छ ।







