बाईडेन अमेरीकी राष्ट्रपतिमा ३०६ ईलेक्टोरल भोटले विजयी घोषणा

ऐजेन्सी मंसीर ३० । अमेरीकी राष्ट्रपतिमा जो बाईडेन ३०६ ईलेक्टोरल कलेज भोट सहित बिजयी भएको घोषणा भएको छ । ट्रम्पलाई जम्मा २३२ भोट प्राप्त भएको छ । अमेरीकामा कुल ५३८ ईलेक्टोरल कलेज भोट हुन्छ । ६ जनवरीमा हाउस अफ् रिप्रेजेन्टेटिभ र सिनेटले मिलेर औपचारीक जीतको घोषणा गर्नेछन् ।यो जीतको पुष्टी भए पछि बाईडेनले आफू हरेक अमेरीकीको राष्ट्रपति हुने बताएका छन् । अब २० जनवरीमा बाईडेनले राष्ट्रपतिका रुपमा शपथ लिनेछन् । यस समारोहमा वर्तमान राष्ट्रपति ट्रम्प भने सहभागी नहुने उनका सल्लाहकारहरुले बताएका छन् । आफ्नो हार स्वीकार गर्न निकै कठिन परेका ट्रम्पले मत परिणाम उल्ट्याउन कानुनी उपचारको बाटो लिए पनि सफल हुन सकेनन् । (Photo: Washington post U.S. President-elect Joe Biden speaks to reporters about efforts to confront the coronavirus disease (COVID-19) pandemic after meeting with members of his “Transition COVID-19 Advisory Board” in Wilmington, Delaware, U.S., November 9, 2020. REUTERS/Jonathan Ernst.)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।