टिकटकमा ३ मिनेटकाे भिडियो अफलाेड गर्न सकिने

२३ मंसिर,काठमाण्डौ ।
भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । तर यो अहिले प्रारम्भिक चरणमा भएकाले पहुँचको चरण सिमित रहेको बताइएको छ। नयाँ सेवा प्राप्त गर्नका लागि एम अपडेट गर्नुपर्ने विदेशी सञ्चारमाध्यमहरुमा बताइएको छ । अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ । नयाँ सेवा शुरु भएपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्नेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।