विश्वभर गुगुल सेवा अबरुद्द

एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन । बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् भने ४२ प्रतिशत व्यक्ति भिडियो चलाउनबाट बञ्चित भएका छन् । योसँगै ७५ प्रतिशत जीमेलका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।File photo Cnet.com

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।