म्यानमारमा फेसबुक प्रतिबन्ध

एजेन्सी,
सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लागेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।