१० भाद्र, एजेन्सी ।
टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले Wukong (वुकोङ) सर्च इन्जिन लञ्च गरेको हो । वुकोङ सर्च इन्जिन एपलाई कम्पनीले गोप्य रुपमा लञ्च गरेको हो । यसै महिना Tencent (टेसेन्ट) ले आफ्नो सर्च एप Sogou (सोगोउ) बन्द गरेको थियो जसलाई कम्पनीले अघिल्लो वर्ष खरिद गरेको थियो । वुकोङ सर्च इन्जिन एप हाल चीनमा एप्पल स्टोर र विभिन्न चिनियाँ एप स्टोर्सबाट डाउनलोड गर्न सकिन्छ ।