चन्द्रमामा फर्फरायो चीनको राष्ट्रिय झण्डा

२० मंसिर,एजेन्सी ।
चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले सार्वजनिक गरेको हो । च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार बाहिरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।