१९ मंसिर,एजेन्सी ।
अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले आफूले कार्यकाल सम्हाले पछि कम्तीमा अब एक सय दिन सम्म मास्क लगाउन जनतालाई अपील गर्ने बताएका छन् । बाईडेनले जनवरी २० बाट आफ्नो पदभार ग्रहण गर्दैछन् । अमेरीकामा ट्रम्प मास्क बिरोधी रहँदै आएका छन् ।
अमेरीकामा कोरोना सक्रमितको संख्या एक करोड ४० लाख बढीरहेका छन् भने २ लाख ७५ हजार बढीको मृत्यु भईसकेको छ ।मास्क प्रयोगले कोरोना नियन्त्रणमा ठूलो मद्धत पुग्ने बाईडेनले विस्वास गरेको सिएनएनले जनाएको छ ।







