१६ मंसिर,एजेन्सी ।
कोरोनाभाईरस बिरुद्ध चीनले तयार पारेको भ्याक्सिन उत्तर कोरीयाका राष्ट्रपति किम जोङले लगाएका छन् । जापानी गुप्तचरलाई उद्धृच गर्दै अमेरीकी विष्लेषकले उक्त दाबी गरेका छन् ।ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्याक्सिन उपलब्ध गराएको विषय भने खुल्न सकेको छैन। उनका अनुसार सो भ्याक्सिन प्रयोगको नतिजा सकारात्मक वा
नकारात्मक के आएको विषयमा पनि थाहा भएको छैन। किम जोङ उन र उत्तर कोरियाका उच्च पदमा रहेका उनका परिवारका सदस्यलाई कोरोना भाइरसको भ्याक्सिन गत दुईदेखि तीन साता भित्रमा उपलब्ध गराइएको थियो। भ्याक्सिन चीन सरकारले पठाएको थियो,ु उनले लेखेका छन् ।
तीन वटा चिनियाँ कम्पनीले अहिले कोरोना भाइरसको भ्याक्सिन बनाइरहेका छन्। जसमा सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिन बायो र सिनोफार्म ग्रुप रहेका छन्।
सिनोफार्मले चीनमा १० लाख मानिसमा आफूले निर्माण गरेको भ्याक्सिनको परीक्षण गरेको जनाएको छ।photo : foxnews








