एजेन्सी ।
आफूले पालेको निजी कुकुरसगँ खेल्ने क्रममा लडेर अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनको खुट्टाको हड्डी क्रयाक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाईडेन जर्मन सेफर्ड कुकुरसगँ खेल्ने क्रममा लडेका थिए । उनको सिटी स्क्यान गर्ने क्रममा खुट्टा क्रयाक भएको पाईएको छ ।
उनी कैयौ हप्तासम्म सहारा लिएर मात्र हिडडुल गर्नु पर्ने हुन सक्ने चिकित्सकहरुले बताएका छन् । यसै बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । जनवरी २० मा शपथ लिएपछि बाईडेन औपचारीक राष्ट्रपति बन्ने छन् ।







