१५ मंसिर,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन भएको छ ।@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो सार्वजनिक भएको छ ।टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडियो तीन लाखभन्दा बढीले हेरेका छन् । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने टिकटक एकाउन्ट बारे प्रष्ट्याएका
छैनन् ।यो समचार तयार पार्दा सम्म १ हजार ७ सय भन्दा बढीले कमेन्ट समेत गरेका छन् । अधिंकासले कमेन्ट कमेडी गर्न आएको लगायतका भनेका छन् भने केहिले बर्तमान परिप्रेक्ष्यमा आधारित कमेन्ट पनि गरेका छन् ।







