११ मंसिर,एजेन्सी ।
लद्धाखमा भारतसगँ र दक्षिणी चीनीया सागरमा अमेरीका र ताईवानसगँ तनाब कायम रहेका बेला चीनीया राष्ट्रपति सि जिन पिङले भविष्यमा हुने कुनै पनि युद्ध जीत्ने तयारी गर्न निर्देशन दिएका छन् ।बुधबार सबै सैन्य कमाण्डलाई निर्देशन दिदै सिले प्रशिक्षणलाई अझ मजबुत पार्न पनि आदेश दिए ।चीनले आउदो ७ बर्ष भित्र आफ्नो सेनालाई प्राविधिक क्षमताको हिशाबले अमेरीका बराबर या सो
भन्दा माथि पुर्याउने योजना बनाएको छ ।उनले अब सेनाले आर्टिफिसियल ईन्टेलिजेन्स प्रयोगमा जोड दिए । सी चीनीया जनमुक्ति सेनाका सैन्य आयोगका अध्यक्ष पनि हुन् । चीनीया जनमुक्ति सेनाको संख्या २० लाख भन्दा बढी छ र यो विश्वको सबै भन्दा बढी सैन्य जनशक्ति हो । अमेरीका र भारतसगँ तनाब बढीरहेका बेला सी को यो सन्देशलाई सम्बन्धित देशहरुले अर्थपूर्ण रुपमा हेरेको टिप्पणीहरु प्रकाशित भएका छन् ।







