ईथियोपियामा मानवीय संकट आउन सक्ने

१० मंसिर,काठमाण्डौ ।
इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा द्धन्द अन्त्य नभए मानवीय संकट आउने राष्ट्र संघले चेतावनी दिएको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । तीन सातादेखि सरकारी सेना र विद्रोहीबीच जारी संघर्ष अन्त्यका लगि सरकारले अल्टिमेटम दिएसँगै सर्वसाधारणको रक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । विद्रोही र सरकारी सेनाबीच जारी युद्धकै कारण यसअघि नै हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् । सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।

यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ । विद्रोहीले ६ हजार भन्दा बढी मानवअधिकार उल्लंघनका घटना गरेको दावी गरेको छ । उनीहरुले ठूलो संख्यामा मानिसहरुको हत्या गरेको जनाईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।