यसकारण वाईडेनलाई बधाई दिएनन् पुटिनले

एजेन्सी, मंसिर ८ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिनुको कारण खुलासा गर्नु भएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडनलाई बधाई दिने स्पष्ट गर्नुभएको हो ।औपचारिक बधाई दिन ढिलाई गरेकै कारण रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने पनि पुटिनले रुसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ । रुसी सहयोगका कारण चार वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विषयले दुई देशबीच विवाद देखिँदै आएको छ । भने ट्रम्प पुटिनका प्रशंशक पनि मानिनुहुन्छ ।

बाइडनलार्य त्रधाई नदिएर सम्बन्ध खराब त बनाउँदै हुनुहुन्न भन्ने प्रश्नमा पुटिनले भन्नुभयो, ‘जुन सम्बन्ध पहिलेदेखि नै खराब छ भने अब के खराब होला ।’पुटिनले थप्नुभयो, ‘हाम्रो निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक विषय हो । हाम्रो लुकेको कुनै एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिकता निभाउन हतार गर्दा खराब भएको सम्बन्ध राम्रो हुनेछ ।’

‘पछिल्लो पटक पनि सबैले हिलेरी क्लिन्टनलाई बधाई दिएका थिए तर ट्रम्पले जितेका थिए,’ पुटिनले अन्तर्वार्तामा भन्नुभयो ।आफू अमेरिकी जनताले चुनेका कुनै पनि राष्ट्रपतिसँग काम गर्न तयार भएको भन्दै उहाँले तर महत्वपूर्ण भोटको गन्ती हुञ्जेल र घरेलु राजनीतिक संघर्ष समाप्त नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । Photo Credit:Dailysabah

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।