भारत र चीनबीच संभावित युद्ध टर्यो, दुबै देशले नियन्त्रण रेखाबाट सेना पछि हटाउने

२७ कार्तिक,एजेन्सी ।
छिमेकी मुलुक चीन र भारतबीच लद्धाख सहित सीमा क्षेत्रको बिषयलाई लिएर बढ्दो तनाब तत्कालका लागि कम हुने संकेत देखिएको छ । हिन्दुस्तान टाईम्सका अनुसार लद्धाखको मुख्य झडप बिन्दु सहित नियन्त्रण रेखाबाट सेना फिर्ता गर्न दुबै देश तयार भएका छन् । यद्यपि, सैन्य कमाण्डर स्तरको बार्तामा अझै हस्ताक्षर भने भईसकेको छैन । गलवानमा गत जुन १५ मा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भए पछि दुबै देशबीचको तनावले युद्धको रुप लिने खतरा बढेको थियो । अहिले भारी मात्रामा सेना, क्षेप्यास्त्र, लडाकु विमान र बन्दोबस्तीका सामान दुबै देशले तैनाथ गरेका थिए । यी सबैलाई पुरानै अवस्थामा फर्कान चरणबद्ध रुपमा काम गर्न भारत र चीन तयार भएको खबर भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आठौ पटकको कमाण्डर स्तरमा भएको वार्ताले सेना पछि हटाउने रुपरेखा तयार पारेको भनिएको छ ।यस अघि रुसमा विदेशमन्त्री, रक्षा मन्त्री स्तरमा वार्ता हुँदा पनि केही सहमति बने पनि कार्यन्वयन हुन सकेको थिएन । भारत र चीनबीच सन् १९६२ देखि नै लद्धाख सहित ३५ सय बर्ग किलो मिटर सीमा क्षेत्रमा तनाव बढ्दा युद्ध हुन पुगेको थियो । त्यस पछि सबै भन्दा बढी तनाव सन् २०२० मा बढेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।