चन्द्रमामा नासाले फेला पार्यो पानी

१६ कार्तिक,काठमाण्डौ ।
नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला परेको नासाले जनाएको छ । चन्द्रमाको दक्षीणी गोलाद्र्धमा पानी फेला परेको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमामा पानी पत्ता लगाएको हो । पानी भेटिएको क्रेटरलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । हावा नभएको स्थानमा पनि कसरी पानी भेटियो भन्ने वैज्ञानिकरुका लागि थप अनुसन्धानको बिषय बनेको छ । अव वैज्ञानिकहरुले चन्द्रमाको अन्य भागमा पनि संभावित पानीको खोजी गर्ने र कसरी एक भागबाट अर्को भागमा लैजान सकिन्छ भनेर अनुसन्धान गर्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।