३ कार्तिक,काठमाण्डौ ।
नोभेम्बर ३ मा अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनमा अहिलेका राष्ट्रपती डोनाल्ड ट्रम्प संग प्रतिस्पर्धामा उत्रदै गरेका जो बाईडेनले हिन्दु नेपालीहरुको महान पर्ब विजया दशमीको अबसरमा शुभकामना दिएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका
हुन् ।उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’







