राजनीतिक संकटपछि प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी,उज्बेकिस्तान ।
किर्गिस्तानमा राजनीतिक संकट गहिरिँदै गएपछि प्रधानमन्त्री कुबाट्बेक बोरोनोभले राजीनामा दिएका छन् । चुनावपछि धाँधली भएको भन्दै विरोध प्रदर्शन चर्किँदै गइ राजनीतिक अस्थिरता बढेपछि प्रधानमन्त्री बोरोनोभले राजीनामा दिएका हुन् । मंगलबार प्रधानमन्त्री र सभामुख दास्तान जुमाबेकोभले संसद बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका थिए । मंगलबारको आपतकालीन सेसनमा संसदले विपक्षी दलक मेकेन्चित पार्टीका संस्थापक साड्यर जापारोभ कार्यवाहक प्रधामन्त्रीमा नियुक्त गरिएका छन् । यसअघि मंगलबार नै जापारोभलाई प्रदर्शनकारीहरले जेलमुक्त गराएका थिए । सन् २०१३ मा सरकारी अधिकारीलाई बन्धक बनाएको भन्दै दोषी ठहर गर्दै ११ वर्ष ६ महिनाको जेल सजाय तोकिएको थियो ।

चौतर्फी दबाब बढेपछि किर्गिस्तानको चुनाव आयोगले गत आइतबार भएको संसदीय चुनावको नतिजा रद्द गरेको छ ।  सो चुनावमा राष्ट्रपति सूरोन्बाइ जीन्बेकोभको पार्टीले अत्याधिक मत ल्याएर जितेको थिए ।राष्ट्रपति जीन्बेकोभ अझै पनि सत्तामा छन्, तर उनले राजीनामा दिन सक्ने बताएका छन् । – अलजजिरा (File Photo : MENAFN)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।