हेपेटाइटिस सी भाइरस पत्ता लगाउनेलाइ नोबेल पुरस्कार २०२०

एजेन्सी ।
नोबेल पुरस्कार २०२० हेपेटाइटिस सी भाइरस पत्ता लगाउने वैज्ञानिकले पाएका छन् । बेलायती वैज्ञानिक माइकल ह्युटन ,अमेरिकी वैज्ञानिक हार्वे एल्टर र चार्ल्स राइसलाई नोबेल पुरस्कारको चिकित्साशास्त्रतर्फको पुरस्कृत गरिएको समाचार स्रोतले जनाएको हो । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो । नोबेल पुरस्कार समितिका अनुसार यी तीन वैज्ञानिकहरुले गरेको खोजीका कारण करोडौं मान्छेहरुको ज्यान बचेको जनाएका छन् ।हेपेटाइटिस सी भाइरसले शरिरको महत्तवपूर्ण अंग कलेजोको क्यान्सर निम्त्याउँछ र यो रोगकै कारण मानिसमा कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।

नोबेल समितिको भनाइ अनुसार, ‘इतिहासमा पहिलो पटक यो रोगको उपचार गर्न सकिन्छ, जसले हेपेटाइटिस सी भाइरसको अन्त्य हुने विश्वको आशालाई बढाएको छ।’तर अझै पनि यस भाइरसको सात करोड बिरामीहरू छन् र विश्वभरि यस भाइरसबाट प्रत्येक वर्ष करिब चार लाख मानिसहरू मर्दछन्। Photo:Voice of America / Reuters

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।