युक्रेनमा सैन्य विमान दुर्घटना २२ जनाको मृत्यु

एजेन्सी ।
युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा परि चार जना बेपत्ता भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।