एजेन्सी:भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामीविरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश भएकाे छ।
बिबिसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन्। तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार विधानसभामा खैलाबैला हुनुका साथै चर्को विवादसमेत भएकाे थियो। विधानसभाको काम आधा घण्टासम्म प्रभावित भएर रोक्नु परेको थियो
विधायक अनिल परबले रिपब्लिक टिभीका सम्पादक अर्नबलाई विधानसभाको विशेषाधिकार हनन गरेकोमा कडा कारवाहीको माग गरेका छन्। जनप्रतिनिधीविरुद्ध कुनै पत्रकार लागेमा उनीहरुविरुद्ध कारबाही हुनुपर्ने भन्दै उनले कारबाहीको माग गरेका थिए।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवारविरुद्ध अर्नब गोस्वामीले प्रयोग गरेको भाषाप्रति विधायकहरुले आपत्ति जनाएका हुन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा अर्नबले दिएका अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनीमाथि कारबाहीको माग गरिएको हो।Pic file







