बाइडेनले जिते अमेरिकी सपना ‘ध्वस्त’ हुन्छ: ट्रम्प

एजेन्सी ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना ‘ध्वस्त’ पार्ने चेतावनी दिएका छन् । रिपब्लिकन कन्भेन्सनको अन्तिम रात सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ड्रेमोक्रेटिक उमेदवार बाइडेनलाई ‘अमेरिकी महानताको विनाशकर्ता’ को संज्ञा दिएका छन् । अमेरिकी सहरमा डेमोक्रेटले ‘हिंसात्मक अराजकता’ जारी राखेको उनले आरोपसमेत लगाएका छन् ।ट्रम्पले आफ्नो पार्टी ह्वाइट हाउसका लागि पुन: निर्वाचित हुने विश्वास गरे । उनले भने, “अमेरिकी सपनाहरु सुरक्षित गर्ने अथवा सुन्दर गन्तव्यलाई ध्वस्त पार्न समाजवादी एजेण्डालाई अनुमति दिने भन्‍ने निर्णय निर्वाचनले गर्नेछ ।”उनले थपे, “अमेरिकनहरुलाई कानुन अनुसार सुरक्षति राख्‍ने कि हिंसात्मक अराजकता, आन्दोलन र अपराधीहरुलाई स्वतन्त्रता दिने भन्‍ने निर्णय पनि तपाईंहरुको भोटले गर्नेछ ।”

आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि गत साता डेमोक्रेटिक उमेदवार बाइडेन र उनका समर्थकले सम्बोधन गरेका थिए । नोभेम्बर ३ मा निर्वाचनको मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अघि देखिएका छन् । उक्त मत सर्वेक्षणहरुलाई राष्ट्रपति ट्रम्पले ‘फेक’ भनेका छन् । – बीबीसी File Photo : Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।