डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अमेरिकी अदालतमा टिकटक

७ भाद्र,एजेन्सी ।
चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो । राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ ।अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो । टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ । तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । यसअघि अर्को चिनियाँ एप विच्याटले पनि कानुनी उपचारको बाटो खोजेको भियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।