दुई बर्ष भित्र कोरोना अन्त्य हुन संकेतःविश्व स्वास्थ्य संगठन

६ भाद्र,एजेन्सी ।
विश्वभर सताइरहेको कोरोनाभाईरस अबको २ बर्ष भित्र अन्त्य हुन सक्ने संकेत विश्व स्वास्थ्य संगठनले देखाएको छ । संगठनका प्रमुख टेड्रोस एदनाम गेब्रियसिसले दुई बर्ष भित्रैमा महामारी अन्त्य हुने आशा पलाएको बताए । जेनेभामा बोल्दै उनले सन् १९१८ मा देखा परेको स्पेनीस फ्लु पनि दुई बर्षमा नियन्त्रणमा आएको प्रसंग निकाल्दै यस्तो आशा व्यक्त गरेका हुन् । स्पेनीस फ्लुले करीब ५ करोड मानिसको मृत्यु भएको थियो । विश्वमा विकसित एडभान्स प्रविधिका कारण छोटो समयमा पनि यसको नियन्त्रण गर्न सकिने उनको भनाई छ । अहिले कोरोनाका कारण भने करीब ८ लाख मानिसको मृत्यु भएको छ भने २ करोड २७ लाख हाराहारी संक्रमित रहेका छन् । पिपिई लगायतका स्वास्थ्य उपकरणमा हुने भ्रष्टाचारलाई टेड्रोसले अपराधको संज्ञा समेत दिएका छन् । पिपिई जस्ता स्वास्थ्य सामाग्रीमा हुने भ्रष्टाचार भनेको बास्तवमै हत्या सरह हो , टेड्रोसले भने । File Photo : Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।