काठमाडौं- ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ । तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु
हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो । न्यूयोर्कका नर्सिङ होमहरुमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या वास्तवमै ठूलो छ । न्यूयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोनाभाइरस संक्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरुले संकटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।
उनीहरुले नर्सिङ होममा आश्रित व्यक्तिहरुको मृत्युको संख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पुर्याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन ।राज्यको आधिकारिक केयर होममा भएको मृत्युको संख्या हालसम्म केवल ६ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्र्याटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो संख्या बताउन इन्कार गरेको छ । अन्य राज्यभन्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ ।
संघीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरुमध्ये पाँचौं होमले जुनको शुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकी राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ ।महामारीको सुरुदेखि नै आधा मात्रै गणना गर्दा पनि नर्सिङ होमहरुमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ, र यो संख्या हजारौं हुन सक्नेछ ।
संख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरुमा २१ हजार शैया खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो ।यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक संख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको संख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही संख्या पनि हुन सक्छ । तर ठूलै संख्यामा शैयाहरु खाली हुँदा शंका उत्पन्न गराएको छ ।
न्यूयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिक रूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्यूयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरुको संख्या कूल संख्याको २० प्रतिशत रहेको दाबी गर्नु हुन्छ ।उहाँको भनाईमा न्यूयोर्कका नर्सिङ होममा भएको मृत्युसंख्या दर अन्य राज्यभन्दा कम रहेको छ ।
पेन्सिल्भेनिया राज्यमा कूल मृतकमध्ये नर्सिङ होममा आश्रितको संख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्यूजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् । केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरण अनुसार कूल मृतकमध्ये नर्सिङ होममा आश्रितहरुको संख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्यूयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ ।नेपाल टेलिभिजन बाट








