२६ साउन,काठमाण्डौ ।
भारत, आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटललाई बनाइएको कोरोना हस्पतालमा आगलागी भएको छ । आइतवार बिहान ५ बजे लागेको आगोबाट ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।र विद्युत सटका कारण आगो लागेको र करिव ४५ मिनेटमा नियन्त्रणमा आएको थियो । भारतमा ३ दिनको अन्तरालमा दोस्रो पटक भिषण आगलागी भएको हो। यसअघि अगस्ट ६
तारिख बिहान ३ बजे गुजरातको अहमदाबाद शहरमा खोलिएको कोरोना विशेष अस्पतालमा आगलागी भएको थियो । श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन् । File Photo







