कोरोनाले सर्बाधिक मृत्यु हुने देश बन्यो ल्याटिन अमेरिका

२१ साउन,एजेन्सी,
विश्वमा कोरोना महामारीको सबैभन्दा बढी प्रभाव ल्याटिन अमेरिकामा परेको रोयटर्सले समाचारमा जनाएको छ । ल्याटिन अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपमा भन्दा पनि बढी छ ।ल्याटिन अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट दुई लाख ६ हजारजनाको मृत्यु भइसकेको छ । यो विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको ३० प्रतिशत हो ।ल्याटिन अमेरिकाको ब्राजिल कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको छ । जहाँ मंगलबारसम्म ९५ हजार ८१९ जनाको मृत्यु भइसकेको छ । यस क्षेत्रको दोस्रो धेरै प्रभावित देश भनेको मेक्सिको हो, जहाँ ४८ हजार ८६९ जनाको मृत्यु भइसकेको छ ।ब्राजिल र मेक्सिकोबाहेक कोलम्बिया, पेरु, अर्जेन्टिना र बोलिभियामा कोरोना संक्रमणको संख्या द्रुत गतिमा बढिरहेको छ । -बीबीसी

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।