१९ साउन,काठमाण्डौ ।
कोरोना महामारी फैलिएको सुरुवातमा बिश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका ,अफ्रिका र युरोप इपीसेन्टर हुनेछ भन्ने भबिस्यबाणी गरेको थियो । दक्षिण अमेरिकाको ब्राजिल मुख्य प्रभावित रास्ट्र भए झै अफ्रिका पनि बिस्तारै त्यो चरणमा जान लागेके तथ्य दक्षिण अफ्रिकाको बढ्दो संक्रमणले संकेत गरेको छ ।अफ्रिकाको रास्ट्र दक्षिण अफ्रिकामा मात्रै चार लाख भन्दा माथि सक्रमित पुगि
सकेका छन् । भने, ८ हजार भन्दा बढीको मृत्य भइसकेको छ । संक्रमणको संख्याको हिसावले पाँचौ नम्बरको संक्रमीत मुलुक बनेको छ । संक्रमीत संख्याको आधा जसो दक्षिण अफ्रिकामा मात्र रहेका छन् । तुलानात्मक रुपमा स्वास्थ्य सुबिधा र साधनमा पछि रहेको अफ्रिकामा बिश्व स्वास्थ्य संगठनको भबिस्यबाणी अनुसारनै अत्यन्तै तिब्र रुपमा बढी रहेको छ ।
सबै देशहरुमा लकडाउन खुकुलो भय सड्गै र सावधानी कम राख्ने गरिएको छ ।यो लहरले हाल संक्रमण वृद्धिदर कम रहेका अन्य देशमा पनि ढिलो चाडो भयावह स्थिति नआउला भन्न नसकिने अवस्था रहेको छ । अफ्रिकाका करिब १२ हजार नेपालीहरु रहेका छन् । यस्तै कोरोनाकै दक्षिण अफ्रिमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । File Photo / Google








