अमेरिकामा भयवह बन्दै कोरोना

१५ साउन,काठमाण्डौ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ । यस्तै अमेरिकामा कूल संक्रमितको संख्या ४५ लाख ६१ हजार बढी रहेको छ भने ब्राजिलमा २५ लाख ५५ हजार पार गरेको छ ।एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।