२७ जुलाई,सिड्नी ।
कोरोनाभाईरस (कोभिड-१९) ले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आंतक मच्चाएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आईरहेका बेला अष्ट्रेलियाको भिक्टोरियामा भने पहिलो चरणमा भन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । भिक्टोरियामा पछिल्लो २४ घण्टामा मात्रै ५ सय ३२ जनामा कोरोना संक्रमित पुष्टी भएको हो ।
एकै दिनमा ठुलो संख्यामा संक्रमित फेला परेको यो पहिलो रेकर्ड हो । यस्तै गरी एक दिनमा ६ जनाको मृत्यु समेत भएको छ । मृतकहरु मध्ये ५ जना एज्ड केयरबासी हुन् ।यो संगै अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित संख्या १४ हजार ४ सय भन्दा बढी पुगेको छ । त्यस्तै मृतक संख्या १ सय ५५ पुगेको छ ।
सर्बाधिक धेरै जनसंख्या रेहको एनएसडब्लु राज्यमा पछिल्लो २४ घण्टामा थप १७ जना र वेस्ट्रन अष्ट्रेलियामा २ जनामा कोरोना पुष्टी भएको छ । भने,अन्य राज्य र टेरिटोरीमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् ।







