अमेरिकाले टिकटकमा बन्देज लगाउदै

१ साउन,काठमाण्डौ ।
केहि समय अघि भारतमा चर्चित भिडियो शेयरिङ एप टिकटक सहित ५९ वटा चाईनिज एपमा बन्देज लगाएपछि अन्य देशहरुले पनि टिकटक बन्देज गर्ने संकेत देखाएका छन् ।
यसैबिच कोरोना कहरका बिच चाईना संग अमेरिकाको सम्बन्धमा चिसोपना आएसंगै अमेरिकाले पनि टिकटकमा बन्देज गर्ने तयारीमा रहेको छ । टिकटक बन्देजका लागि एक कानुनमा अर्को हप्ता अमेरिकामा मतदान हुँदैछ । यो कानुन पारित भएमा अमेरिकामा औपचारिक रुपमा टिकटकमाथि प्रतिबन्ध गरिने बताइएको छ । रिपब्लिकन सिनेटर जोश हावलेले यो प्रस्ताव ल्याएका हुन् । हावले टिकटकका कडा आलोचकका रुपमा चिनिएका छन् ।

हमवलेले पटक पटक टिकटकबाट देशको सुरक्षामा खतरा हुने प्रश्न उठाउँदै प्रयोगकर्ताको डाटाका विषयमा चिन्ता व्यक्त गरेका छन् । हावलेले संघीय कर्मचारीको लागि यो ठूलो जोखिम भएको बताउँदै यसबाट सबै कर्मचारीको लोकेसन चीनले प्राप्त गर्ने खतरा औंल्याए । यद्यपि यो प्रतिबन्ध संघीय कर्मचारीले प्रयोग गर्ने सरकारी डिभाइसको हकमा मात्र लागू हुने गरी ल्याइएको छ । photo : Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।