अफ्रिकामा लकडाउन खुकुलो,संक्रमण आगो सरह फैलिदै

तुलसीराम भण्डारी,अफ्रिका ।
अफ्रिकामा लकडाउन खुकुलो छ । तर यहाका गरीब बस्तीहरुमा भने अहिले पनि कोरोना भाइरसको संक्रमण आगो सरह फैलिरहेको छ । दक्षिण अफ्रिकामा मात्रै ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।अफ्रिकाको विभिन्न देशमा १० जना नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छ ।यस क्षेत्रका अस्पतालहरुले यो अवस्था लाई सम्हाल्न सक्षम छैनन् । गम्भीर बिरामीहरूलाई अस्थायी स्वास्थ्य केन्द्रको एक ठाउँमा राखिएको छ जहाँ उनीहरूको मृत्यु निश्चित जस्तै छ ।यहाँ विभिन्न सहरमा कोरोना भाइरसका संक्रमित भेटिएको खबर सार्वजनिक भइरहदा नेपाली मनहरु मा भुइँचालो आएजस्तै हुन्न छ। जस्ले ले यहाँ रहेका परदेशीहरुको मन मा चिसो पलायको छ । न उपयुक्त स्वास्थ्यसेवा छ न राम्रा अस्पताल नै छ ।लामो समय को लकडाउनले खाना अभाव हुँदै जाँदा सुरु हुने लुटपाट र चोरीको डर पनि उत्तिकै हुने गर्नेछ । यस्तो विषम परिस्थितमा हरेकले सरकार भएको महसुस गर्न चाहानु स्वभाबिक पनि हो । अफ्रिकी मुलुकका नेपालीले सरकारले स्वदेश फर्किने वातावरण मिलाइदेओस् भन्ने चाहन्छन् ।

पछिल्लो समय अफ्ट्यारोमा परेका नेपालीलाई नेपाल फर्काउने भने पनि, अफ्रिकी मुलुक का नेपालीको भने अझै पालो नआएको हो या सरकारको ध्यान नपुगे हो ? अहिले बिश्व भरिबाट तत्काल नेपाल फर्किनु पर्ने नेपालीहरुलाई नेपाल फर्काउने भने पनि अफ्रिकामा अझै पनि अन्योलनै देखिन्छ।

पछिल्लो समयमा नेपाली को रोजाइमा अफ्रिका पनि नयाँ श्रम गन्तव्य माहादेश मध्ये एक हे। ११००देखि १२००० सम्म नेपाली रहेको अनुमान गरिएको छ। आज अफ्रिकी मुलुमा हुने नेपाली हरु के चिन्ता भनेकै सकुशल आफ्नो देश फिर्ता जान पाईन्छ किनै भने हो । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले अफ्रिकाले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका छन् ।

लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुनपानीले हातधुन पनि आग्रह गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।