आमा ,आमाको माया र महत्व

  तुल्सिराम भण्डारी

आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो ।

आमा प्रती माया देखाउने सम्मान प्रकट गर्ने दिन मातातिर्थ औंसि हो । हुनत आमाको ममतालाई सम्झिन कुनै एकदिन खास हुन सक्दैन । मातातिर्थ औंसि आमाको सम्मानका लागि मनाइन्छ । आमा शुभको प्रारम्भ हुन ।

ससारमा जे जति शुभ त्यो आमाबाट हुन्छ । हाम्रो सस्कृतिमा कुनै पनि शुभ कार्य गर्दा खेरी पित्रीलाई सम्झने गरिन्छ ।पित्री भनेका आमा बुबा हुन । त्यसैले पहिले आमा बुबा अर्थात् पित्री कार्य हुन्छ अनि बल्ल देव कार्य सुरु हुन्छ । पित्रीले अनुमति नदिकन देवताले केही दिन सक्दैनन भन्ने धार्मिक बिश्वास छ । सन्तान भनेको आमाको अङ्ग हो गर्भमा हुदा एउटै शरीर हुन्छ । प्रत्यक सन्तानको जन्ममा आमाले नयाँ जीवन पाएकी हुन्छिन ।

केही वर्ष यता माता मातातिर्थ औंसि मनाउने प्रचलन झन् बढेको छ पाईन्छ । यस दिनलाई कतिपयले मदर्स डे भनेर मनाउने गरेको पनि पाईन्छ । ‘मदर्स डे ‘ यो पश्चिम् देशको प्रभाव र बजार ब्यबसाय बढाउने एक प्रकारको स्वार्थको परिणाम मात्रै हो । मदर्स डे र मातातिर्थ औंसि फरक हो ।

कुनै समस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । कसैसँग कुनै झैझगडा भयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ ।

आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ ।

अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।

विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिइआएको पाइन्छ । विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ुआमा’ राख्न पुगे । केवल उनले नाम मात्र राखेनन् । मुख्य पात्र नै आमालाई बनाइदिए र आमाको भूमिका क्रान्तिकारी बनाई दिए । यसले कारखानामा काम गर्ने सबैले उनलाई आमा भनी सम्बोधन गर्न थाले । क्रान्तिको विगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो ।

आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन । स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ । एउटा बाँदर्नीले आफ्नो मरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो र आफ्नो पेटमा एक हातले च्यापेर अर्को हातले टेक्दै हिँडिरहेकी हुन्छे ।

मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाई एकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदा कदा देख्न पाइन्छ । यसरी एउटा बाँदर्नीले त आफ्नो सन्तानप्रति यति ठूलो माया देखाउँछे भने हामी मानव प्राणीले देखाउनु त के ठूलो कुरो भयो र ?

नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाट घर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध माया ममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएका नै छ ।

सम्पुर्ण आमाहरुलाई मातातिर्थ औंसिको शुभकामना

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।